दफा
क्षतिपूर्ति रकम
(१) यस परिच्छेद अन्तर्गत प्राप्त गरिने घर जग्गा बापत दिइने क्षतिपूर्तिको रकम निर्धारण गर्दा समितिले देहायका कुराहरु बिचार गरी निर्धारण गर्नु पर्नेछः–
(क) दफा ४ को उपदफा (१) अन्तर्गत सूचना जारी भएका मितिमा गाउ बजारमा चलेका दरले सो घर जग्गाको मोल,
(ख) सो जग्गामा भएको खडा बाली र रुख समेत लिने भए सरोकारवाला व्यक्तिले व्यहोर्नु पर्ने नोक्सानी,
(ग) सरोकारवाला व्यक्तिलाई आफ्नो बसोबास वा सरोकारको ठाउ छोडी अन्त जान कर लागेमा त्यसरी जादा व्यहोर्नु पर्ने मनासिब माफिकको खर्च ।
(२) उपदफा (१) बमोजिम क्षतिपूर्तिको रकम निर्धारण भएपछि डिभिजनल वन अधिकृतले त्यस्तो रकम लिन आउनु भनी सरोकारवालालाई सूचना दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको सूचना पाएको मितिले पैंतीस दिनभित्र क्षतिपूर्तिको रकममा चित्त नबुझ्ने व्यक्तिले मन्त्रालय समक्ष पुनरावेदन गर्न सक्नेछ । त्यस्तो पुनरावेदनमा मन्त्रालयबाट भएको निर्णय अन्तिम हुनेछ ।
(४) उपदफा (२) बमोजिमको सूचना पाएको वा उपदफा (३) बमोजिम निर्णय भएको मितिले पाच वर्षभित्र उक्त क्षतिपूर्तिको रकम लिन नआएमा सो रकम सञ्चित कोषमा जम्मा हुनेछ ।